गर्भावस्थामा सुटिङमै सक्रिय हुनेछिन् आलिया

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टले सोमबार आफू गर्भवती भएको खबर सार्वजनिक गरेसँगै उनलाई बधाई दिनेको ओइरो नै लागेको छ । उनले आफ्नो इन्स्टाग्राममा सोमबार पति रणवीर कपूरसँग अस्पतालको बेडबाट आफू गर्भवती भएको प्रमाणसहितको तस्वीर राखेकी थिइन् ।
‘हाम्रो बच्चा, चाँडै आउँदैछ’, उनले क्याप्सनमा लेखेकी छन् । आलिया गर्भवती भएको खबर भाइरल भएपछि अब उनले आफ्नो प्रोजेक्टको काम के गर्छिन् भन्ने चासो उनका फ्यानसँगै फिल्मकर्मीमा पनि छ ।
आलिया यतिबेला लण्डनमा करियरको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को सुटिङ गरिरहेकी छन् । उनी गर्भवती भएपछि आलियाले यो फिल्मको सुटिङ जारी राख्छिन् या राख्दिनन् ? भन्ने चासो सर्वत्र छ ।
तर आलियाको निकट स्रोतका अनुसार अहिले गर्भावस्थाको सुरुवाती चरण भएकाले आलियाले नेटफ्लिक्स फिल्मका लागि आफूले गरेको प्रतिबद्धता अनुसार उनले सुटिङ जारी राख्नेछिन् ।










सुनचाँदीको मूल्यमा सामान्य गिरावट
धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया