बैतडीमा अटो र मोटरसाइकल ठोक्कियो, पाँच जना घाइते

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका-६को बांगाबगरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते भएका छन् ।
सु।प।प्र।०२००३प ९३६७ नम्बरको मोटरसाइकलल र सु.प.प्र.०१ ००१ ह ४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो ।
दुर्घटनामा घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-१ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी-६ का मोटरसाइकल चालक ३५ बर्षीय भरत माल तथा सोही ठाउँका अटो चालक ४० बर्षीय मनोरथ नाथ रहेका छन् ।

यसैगरी, दार्चुलाको लेकम-१ सिजालीका ३२ बर्षीय मानसिंह कार्की र उनकै ३० बर्षीय श्रीमती भागरथी कार्की रहेका छन् ।
घाइते सबै जनाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र दार्चुलामा उपचार भैरहेको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । घाइते ३जनाको हात, खुट्टा र पेटमा गम्भीर चोट रहेको छ ।

मोटरसाईकल गोकुलेश्वर बजार बाट पञ्ज्युनया तर्फ गइरहेको अटोलाई बिपरीत दिशाबाट आउदै गरेको मोटरसाईकलले ठक्कर दिएको हो ।
















राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
HoR elections: 88 polling stations ‘sensitive’ in Kavre
41 days to HoR elections: Election symbol to be provided to candidates today
बाटोमा लडेर बाजुरामा एक जनाको मृत्यु
एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया