श्रीमान १० वर्ष वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिने प्रस्ताव

काठमाडौं । सांसदद्वय बिमला बिक र विमला विश्वकर्माले श्रीमान १० वर्षसम्म निरन्तर सम्पर्कबिहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् ।
सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव गर्दै उनीहरुले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । एकल महिलाको परिभाषामा ‘नियमित १० बर्षभन्दा बढी समय श्रीमान सम्पर्क बिहीन वा बेपत्ता भएका महिला’ भनी थप गर्नुपर्ने उनीहरुको प्रस्ताव छ ।
प्रस्तावित विधेयकमा विधवा वा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, ६० बर्ष उमेर पूरा भएका विवाह नगरेका एकल महिलामध्ये नेपाल सरकारले तोकेको भन्दा न्यून आय भएका र पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रुपाले विपन्न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका महिलालाई एकल भन्दा दिने व्यवस्था छ ।
यही व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्धय विक र विश्वकर्माले श्रीमान १० बर्षसम्म निरन्तर सम्पर्कबिहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।
दुबै संशोधनकर्ता सांसद प्रमुख विपक्षी नेकपा एमालेका सांसद हुन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने एकल भत्ता पाउने प्रस्तावित ६० बर्षे उमेर हदलाई घटाएर ५० वर्ष बनाउनुपर्ने प्रस्स्ताव राखेका छन् । उनले कामदार वर्ग, विपन्न वर्ग वा गरिवीको रेखामुनिका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता तोकिए भन्दा दिईगुणा बढी दिइने, ५५ वर्षभन्दा कम उमेरका असहाय एकल महिलालाई विद्यालय र विश्वविद्यालयमा निःशुल्क पाठ्यपुस्तकसहित अध्ययनको व्यवस्था गरिने कानुनी व्यवस्थाको समेत प्रस्ताव राखेका छन् ।
















HoR Election: Election activities ramp up in Parbat’s rural regions
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया