शेखर कोइराला पक्षको बैठक भोलि पुनः बस्ने
मेरोन्यूज
२०७९ असार १६ गते २०:३३

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक भोलि पुनः बस्ने भएको छ । बिहीबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइरा समूहको बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको छ । १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताले असन्तुष्टि जनाएका थिए ।
नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् । देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
सम्बन्धित
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया