विद्युत प्राधिकरणको लापरबाहीले बालिकाको हात गुम्यो
मेरोन्यूज
२०७९ असार १८ गते ६:५१
उदयपुर । नेपाल विद्युत प्राधिकरणको लापरबाहीले एक बालिकाले हात गुमाउन पुगेकी छिन । त्रियुगा नगरपालिका ३ मोतिगडाबाट जोगिदह हडिया लगेको एघार हजार भोल्टेजको नाङ्गो तार घरको छतबाट लगेकाले सो तारमा बालिकाले छुन पुग्दा हात गुमाएकी हुन् ।
मोतीगडाका सन्तोष बरालको घरको छतबाट प्रशारण लाइन लादा सोही घरमा डेरा गरी बस्ने भरत दाहालकी छोरी कृष्टिना दाहाल करेन्ट लागेर गम्भीर घाइते भएकी हुन् । विद्युत प्राधिकरणले घरको छतमा हाइभोल्डेजको तार लगेको कारण बालिकालाई करेन्ट लागेको स्थानीयले बताए ।
करेन्ट लाग्ने बित्तिकै तत्काल उदयपुर जिल्ला अस्पतामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । करेन्ट लागेर घाइते भएकी कृष्टिनाको दाहिने हात काट्नु पर्ने चिकित्सकले बताएको परिवारले जनाएको छ ।
सम्बन्धित
















दोहोरो अंकले घट्याे सेयर बजार
Over 1,500 election publicity items violating code of conduct removed
शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया