पहिरो खस्दा घर र पशु पुरियो
मेरोन्यूज
२०७९ असार १८ गते ११:१९

खोटाङ । भारी वर्षापछि गएको पहिरोले खोटाङमा एक घर बगाएको छ । यस्तै, पशु चौपाय पुरेको छ ।
शुक्रबार रातिको भारी वर्षासँगै माथिबाट खसेको पहिरोले रावाबेँसी गाउँपालिका ६ हौंचुरका बलराम खत्रीको घर बगाएको हो । खत्री परिवार इटहरीमा सरिसकेकाले मानयीय क्षति नभएको वडाध्यक्ष चिरञ्जिवी कार्कीले बताए ।
पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैंसी, एउटा पाडो र एउटा गोरु पुरिएको छ । भैंसीलाई पहिरोबाट उद्धार गरेर निकालिएको छ । गोरु हालसम्म फेला नपरेको वडाध्यक्ष कार्कीले बताए ।
सडकबाट खसेको पहिरोले भैरबहादुर राई, उद्योगबहादुर भुजेल, कृष्णबहादुर राई, पत्थरबहादुर राई, धनकुमार राई, बर्णबहादुर राई, हरि राई, पर्शुराम राई र प्रदिप राईको घर जोखिममा परेको छ । चित्रबहादुर कार्की र शुक्रराज राईको घर जोखिममा परेको कार्कीले बताए ।
सम्बन्धित
















अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया