शुक्रबार, फागुन २९, २०८२

बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ : मन्त्री भुसाल

मेरोन्यूज २०७९ असार १८ गते १४:३६

काठमडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविश्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरे ।

Advertisement
nepal life insurencenepal life insurence

नेपालले पछिल्लो एक महिनामा रु एक अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । प्राविधिकरुपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् ।

कृषि, जलविद्युत् र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युत्को उचित विकास गरेर देशलाई समृद्ध बनाउने सबैको जिम्मेवारी रहेको बताइन् । उनले भनिन्, “बिजुलीको खपत गरेर नेपाली धनी बन्न सक्छन्, बढी भएको बिजुली निर्यात गरेर नै देश समृद्ध बन्न सक्छ ।”

आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले त्यसका लागि जलविद्युत्, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने बताइन्। देशभर गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विद्युतीकरणका संरचरनागत सुधारमा आफूले जोड दिएको उल्लेख गर्दै उनले विद्युतीय सवारी साधन र विद्युतीय उपकरणको प्रयोग गरेर खपत बढाउन अपिल गरे ।

प्रतिक्रिया