नेपालमा ओमिक्रोनको नयाँ भेरियण्ट ‘बीए फाइभ’ पुष्टि
यसअघि काेराेना भाइरसकाे भेरियण्ट ओमिक्रोन तीव्र गतिमा फैलिएको थियो ।

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को ओमिक्रोन भेरियण्टअन्तर्गत नयाँ उपप्रजाति ‘बीए फाइभ’ देखा परेको छ । धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ)मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको हो ।
अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा. डा. राजीव श्रेष्ठका अनुसार अन्य प्रयोगशालाबाट संकलन गरिएको सिक्वेन्सिङमार्फत ‘बीए फाइभ’ उपप्रजाति भेटिएको हो ।
अन्य प्रयोगशालाबाट संकलित नमुना भएकाले थप जानकारी उपलब्ध नभएको अस्पतालले जानकारी दिएको छ । अहिले ओमिक्रोन भेरियण्डका दुई नयाँ उपप्रजातिले संक्रमण दर विश्वका केही देशमा पुनः बढिरहेको छ ।
दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिले युरोप, अमेरिका, जर्मनी हुँदै नेपालसम्म फैलिएको हो । अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।
यसअघि कोरोना भाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरियण्ट फैलिएको थियो । नयाँ लहर आउँदा कत्तिको घातक हुन्छ भन्ने कुरा विभिन्न तत्वले प्रभाव अस्पतालले जनाएको छ ।
नयाँ उपप्रजातिले पनि वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउन सक्ने अनुमान गरिएको छ । ओमिक्रोनले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न नसकिने भएको छ ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा वृद्धि हुँदै आएको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
प्रतिक्रिया