शुक्रबार, फागुन २९, २०८२

एनआईसी एशिया बैंकले गर्‍यो मोबाइल बैंकिङ्ग एपको स्तरोन्नति

मेरोन्यूज २०७९ असार १९ गते १८:३४

काठमाडौँ । एनआईसी एशिया बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एप सुरुवात गरेको छ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले ओम्नी च्यानल नयाँ सेवाको सुरुवात गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

हालका एनआईसी एसिया मो बैंक प्रयोगकर्ताले एपलाई अपडेट गरी ओम्नी च्यानल एपमा स्तरोन्नति गर्न सक्ने छन् । नयाँ ग्राहक महानुभावले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्ने छन् ।

बैंकले निकट भविष्यमा थप सेवाहरू यसै एपमार्फत दिन तयारी गरिरहेको बैंकले जनाएको छ । स्तरोन्नति पश्चात् एपबाट ग्राहक महानुभावले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुरुलगायत सेवाहरू लिन सक्ने छन् ।

हाल बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर तथा ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

प्रतिक्रिया