ओलीको प्रश्न : सिसिटिभी फुटेज सडकमा मकै पोल्नेसँग माग्नुपर्ने हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ? प्रश्न गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै ओलीले केही घरानालाई फाइदा हुनेगरी करका दर हेरफेर गरिएको बताए। उनले अर्थमन्त्रालयमा अनैतिक व्यक्ति घुसाएर घरानाको अनुहार हेरेको आरोप लगाए।
‘यसमा घरानाका अनुहार देखिन्छ। यसरी अनुहार हेरेर निश्चित घरानाबाहेक अरुलाई सुकाउने गरी बजेट किन बनाइयो ?,’ संसदबाट उनले प्रश्न गरे,‘यस्तो बजेट बनाउनका लागि अर्थमन्त्रालयका मानिसहरु, कर्मचारीहरु परिचालित गरिए।’
उनले करका दर हेरफेर जानीबुझी गरिएको बताए। उनले यो देशकैलागि दुभाग्य भएको बताए।
‘अनाधिकृत मानिस राखेर, सेटिङ गरेर कुन उद्योगलाई छुट दिने कुनलाई सुकाउने गरी योजनाबद्ध प्लटिङ गरिएको छ,’ उनले भने,‘प्रश्न गर्दा प्रतिपक्षलाई धम्काएको छ।’
उनले कटाक्षय गदै भने सिसिटी फुटेल सडकमा मकै पोल्ने व्यक्तिसँग माग्नुपर्ने हो ? प्रश्न गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले एमाले को हो ? उसले भन्दैमा सिसिटिभी फुटेज दिनुपर्छ ? भनेर दिएको अभिव्यक्तिप्रति प्रतिवाद गर्दै ओलीले यसबारे मन्त्री मात्र होइन, सिंगो मन्त्रिपरिषद्सहित प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताए ।
















अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया