‘बजेट निर्माणको सीसीटीभी फुटेज डिलिट गरी अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरे’

काठमाडौँ । बजेट निर्माण हुँदा सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन् ।
ज्ञवालीले बजेट बनाउँदा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको बताए । सोमबार संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उनले फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भिर घोटाला भएको आफैंले पुष्टि गरेको जिकिर गरे ।
उपमहासचिव ज्ञवालीले घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने आफ्नो पार्टीको अडान रहेको स्पष्ट पारे । ‘वास्तवमा यो दोहोरो अपराध हो, बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरको हेरफेर यो एउटा जघन्य अपराध त छँदै थियो,’ उनले भने, ‘यो अपराधलाई लुकाउन त्यससम्बन्धी प्रमाण नष्ट गर्नका लागि यदि साँच्चै नै सीसीटीभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो ।’
उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर जघन्य अपराध गरेको सरकारले त्यसको प्रमाण नै नष्ट हुने गरी फुटेज डिलिट गर्नु नौलो नहुने बताए ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया