शुक्रबार, फागुन २९, २०८२

व्यास पालिकाले २४ करोड २९ लाख रुपैयाँ सुरक्षा भत्ता बाँड्ने

मेरोन्यूज २०७९ असार २० गते २०:२५

तनहुँ । जिल्लाको व्यास नगरपालिका कार्यालयमा आर्थिक वर्ष ०७८–०७९ का लागि २४ करोड २९ लाख ६ हजार ७३६ वितरण गरिने भएको छ । नेपाल सरकारले सूचीकृत गरेका सात हजार ६१३ जनालाई उक्त रकम वितरण गर्न लागेको नगरपालिका कार्यालय तनहुँले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

त्रैमासिक बजेट निकासा भई सामाजिक सुरक्षा भत्ता वितरणका लागि चौथो किस्तामा नपुग रकम चार करोड २४ लाख ३८ हजार ३३० राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा माग गरिएको छ ।

ज्येष्ठ नागरिक ७० वर्ष पुगेकालाई चार हजार, लोपोन्मुख आदिवासी जनजाति र पूर्ण अशक्त अपांगतालाई तीन हजार ९९० का दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिने प्रावधान रहेको व्यासका पञ्जिकाधिकारी विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी अन्य ज्येष्ठ नागरिक र एकल महिला ६० वर्ष पुगेका, ७० वर्षमुनिका न्यायिक पृथकीकरण, श्रीमान् नभएका, सम्बन्ध विच्छेद गरेका र विधुवा ६० वर्षभन्दा मुनि श्रीमान् बितेकालाई दुई हजार ६६० का दरले भत्ता वितरण गर्न लागिएको हो ।

त्यसैगरी, अति अशक्त अपांगता ‘ख’ वर्गका लागि दुई हजार १२८, दलित बालबालिकाका लागि ५३२ का दरले भत्ता वितरण गरिने छ । नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७७–०७८ मा २० करोड १७ लाख ४३ हजार ३१५ सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष ३३ प्रतिशतले वृद्वि भएको व्यास नगरपालिकाका सूचना अधिकारी एवं आलेप नोडल अधिकृत कुमारकञ्चन जीसीले जानकारी दिए । उनका अनुसार गत वर्ष सात हजार ५६१ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका थिए ।

प्रतिक्रिया