दुई कारणले राजेश खन्ना गएनन् बिग बोस

मुम्बई । अभिनेता राजेश खन्नाले एकपछि अर्को गर्दै १५ हिट फिल्म दिए । जुन रेकर्ड आजसम्म बलिउडमा कसैले तोड्न सकेको छैन । सन् १९६९ देखि १९७१ सम्म लगातार १५ हिट फिल्म दिएका राजेशप्रति युवतीहरू मोहित थिए । तर एक समय यस्तो पनि आयो कि फ्यान उनीबाट टाढिए र उनले काम नै पाएनन् ।
कुरा सन् २००९ को हो । राजेश काम नपाएपछि तनावमा थिए र अधिकांश समय आफ्नो अफिसमा बसेर समय बिताउँथे । उनी घरमा केवल सुत्न मात्र जान्थे । त्यो समयमा राजेशलाई कलर्स च्यानलको प्रतिनिधिद्वारा कलर्सको शो ‘बिग बोस’ होस्ट गर्न प्रस्ताव गरेका थिए । राजेशले तुरुन्तै यो कुरामा सहमति जनाउँदै उनले अमिताभ बच्चनले पाएभन्दा बढी पारिश्रमिकको माग गरे ।
यो कुरा सुनेर उनलाई प्रस्ताव लैजाने प्रतिनिधिको होसहवास नै उड्यो । उनीहरूले राजेशलाई भेट्न भोलिपल्ट आउँछु भने पनि उनीहरू कहिल्यै फर्किएनन् । संयोगले यो होस्ट अमिताभले नै चलाउने मौका पाए ।
पछि पुनः एकपटक कलर्स च्यानलले राजेशलाई प्रतिस्पर्धीका रूपमा प्रस्ताव गर्यो । जसका लागि उनलाई साढे तीन करोड रुपैंयाँ दिने अफर गरियो । राजेशले एक सर्तसहित प्रस्ताव स्वीकारे । राजेशले आफूलाई बिग बोसको घरमा मदिराको व्वस्था हुनुपर्ने माग राखे । किनकि उनी मदिराबिना बाँच्न सक्दैन थिए । तर उनको प्रस्तावलाई निर्माताले स्वीकारेनन् । यी दुई कारणले निर्मातासँग कुराकानी भए पनि राजेश बिग बोसमा उपस्थित भएनन् ।










नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया