दुई कारणले राजेश खन्ना गएनन् बिग बोस

मुम्बई । अभिनेता राजेश खन्नाले एकपछि अर्को गर्दै १५ हिट फिल्म दिए । जुन रेकर्ड आजसम्म बलिउडमा कसैले तोड्न सकेको छैन । सन् १९६९ देखि १९७१ सम्म लगातार १५ हिट फिल्म दिएका राजेशप्रति युवतीहरू मोहित थिए । तर एक समय यस्तो पनि आयो कि फ्यान उनीबाट टाढिए र उनले काम नै पाएनन् ।
कुरा सन् २००९ को हो । राजेश काम नपाएपछि तनावमा थिए र अधिकांश समय आफ्नो अफिसमा बसेर समय बिताउँथे । उनी घरमा केवल सुत्न मात्र जान्थे । त्यो समयमा राजेशलाई कलर्स च्यानलको प्रतिनिधिद्वारा कलर्सको शो ‘बिग बोस’ होस्ट गर्न प्रस्ताव गरेका थिए । राजेशले तुरुन्तै यो कुरामा सहमति जनाउँदै उनले अमिताभ बच्चनले पाएभन्दा बढी पारिश्रमिकको माग गरे ।
यो कुरा सुनेर उनलाई प्रस्ताव लैजाने प्रतिनिधिको होसहवास नै उड्यो । उनीहरूले राजेशलाई भेट्न भोलिपल्ट आउँछु भने पनि उनीहरू कहिल्यै फर्किएनन् । संयोगले यो होस्ट अमिताभले नै चलाउने मौका पाए ।
पछि पुनः एकपटक कलर्स च्यानलले राजेशलाई प्रतिस्पर्धीका रूपमा प्रस्ताव गर्यो । जसका लागि उनलाई साढे तीन करोड रुपैंयाँ दिने अफर गरियो । राजेशले एक सर्तसहित प्रस्ताव स्वीकारे । राजेशले आफूलाई बिग बोसको घरमा मदिराको व्वस्था हुनुपर्ने माग राखे । किनकि उनी मदिराबिना बाँच्न सक्दैन थिए । तर उनको प्रस्तावलाई निर्माताले स्वीकारेनन् । यी दुई कारणले निर्मातासँग कुराकानी भए पनि राजेश बिग बोसमा उपस्थित भएनन् ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया