खुमलटार बैठकबाट पार्टीको प्रस्ताव तयार पार्ने जिम्मा प्रचण्डलाई
मेरोन्यूज
२०७९ असार २१ गते १४:२३

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनको ठोस प्रस्ताव तयार गर्न आफ्नो निवासमा बैठक राखेका छन् । संगठनको प्रस्ताव तयार पार्न प्रचण्डलाई जिम्मेवारी दिएसँगै उनले बैठक राखेका हुन् ।
प्रस्ताव तयार पार्नका लागि प्रचण्डले सबै नेताहरूसँग राय सुझाव मागेका छन् । सोही आधारमा उनले प्रस्ताव तयार पार्ने भएका हुन् ।
यस्तै, प्रचण्डले मतदान नगर्ने शर्तमा पदाधिकारी टुंग्याउने प्रस्ताव राखेका छन् । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समितिलगायत पार्टीका संरचना बनाउनेबारे छलफल गर्न मंगलबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले जारी केन्द्रीय समिति बैठकबाटै यी विषय टुंगो लगाउनु पर्ने माग राखेका थिए ।
बहुमत सदस्यले पदाधिकारी टुंग्याउनु पर्ने मत राखेपछि प्रचण्डले आफूले नाम प्रस्ताव गर्ने तयारी गरेका हुन् ।
सम्बन्धित
















वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
अण्डाको मूल्यमा भारी गिरावट
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया