‘७७७ चार्ली’को मुनाफा सामाजिक काममा
मेरोन्यूज
२०७९ असार २२ गते ८:३१

मुम्बई । फिल्म ‘७७७ चार्ली’का अभिनेता रक्षित शेट्टीले फिल्मबाट प्राप्त पाँच प्रतिशत मुनाफा सामाजिक काममा खर्च गरिने घोषणा गरेका छन् । उनले सामाजिक काममा सक्रिय देशभरका गैरसरकारी संस्थालाई उक्त रकम दिइने घोषणा गरेका हुन् । रक्षितले यो सहयोग चार्लीको नाममा गरिने खुलाएका छन् ।
उनले फिल्मको कमाईको १० प्रतिशत रकम फिल्मलाई क्लाइमेक्ससम्म पु¥याउन सहयोग गर्ने व्यक्तिमाझ वितरण गरिने बताए । ‘७७७ चार्ली तपाईंसम्म पुगेको २५ दिन भयो । यसलाई दर्शकले मनपराइरहेका छन् । हाम्रो खुशीको सीमा नै छैन । किनकी यो फिल्मले जुन किसिमको प्रशंसा र पहिचान पायो, त्यो सम्झनायोग्य छ’, उनले भनेका छन् ।
चार्लीको नाममा भारतभर गैर सरकारी संस्थाहरु खुलेका छन्, जसले कुकुर र जनावरको कल्याणका लागि काम गरिरहेका छन् ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया