मंगलबार, वैशाख १५, २०८३

महाकालीमा तुइनबाट खसेर १७ वर्षीय किशोर बेपत्ता

मेरोन्यूज २०७९ असार २२ गते १८:२२
file Photo

काठमडाौं । दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटको तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्कने बेला तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको (ठेसो) खम्बा टुटेर स्थानीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता हुन् ।

Advertisement
NiccNicc

भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कने क्रममा दुम्लिङका स्थानीय १७ वर्षीय सचिन बुढाथोकी तुइन टुट्दा महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।

बेपत्ता भएका किशोरको खोजीका लागि घटनास्थलमा अहिले सुरक्षाकर्मी पुगेका छन् । बेपत्ताको खोजीमा महाकाली किनारमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटिरहेका छन् ।

प्रतिक्रिया