पन्जाबका मुख्यमन्त्री भागवन्त मानले विवाह गर्दै
नयाँ दिल्ली । पन्जाबमा मुख्यमन्त्री भागवन्त मानले विवाह गर्न लागेका छन् । मुख्यमन्त्री मानले आज चण्डीगढस्थित आफ्नै घरमा एउटा सानो समारोहमा विवाह गर्न लागेका हुन् ।
४८ वर्षीय मानले गुरप्रीत कौरसँग विवाह गर्नेछन् । विवाहमा परिवार र नजिकका आफन्त मात्र सहभागी हुनेछन् । दिल्लीका मुख्यमन्त्री, आम आदमी पार्टी ९आप० का प्रमुख अरविन्द केजरीवाल समारोहमा सहभागी हुने सम्भावना छ ।
‘मान साहब यहाँ एक निजी समारोहमा विवाह गर्दैछन्। उनले डा गुरप्रीत कौरसँग विवाह गर्नेछन्’ वरिष्ठ आप नेता र प्रवक्ता मालविन्दर सिंह कांगको भनाई उद्धृत गर्दै भारतीय समाचार संस्था पीटीआईलाई लेखेको छ। पूर्व ‘स्ट्यान्ड–अप कमिक’को ६ वर्षअघि सम्बन्ध बिच्छेद भएको थियो ।
उनका दुई सन्तान छन् । उनका सन्तान आमासँगै अमेरिकामा बस्छन् । १६ मार्चमा मानको सपथ समारोहमा उनीहरू अमेरिकाबाट पञ्जाब आएका थिए । यसै वर्षको सुरुमा भएका निर्वाचनमा आम आद्मीले एतिहासिक विजय हाँसिल गरेपछि उनी मुख्यमन्त्री बनेका थिए ।










Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया