एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित

काठमाडौं । नेपाल क्यानडासँगको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ । क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो । क्यानडाले नेपाललाई जितका लागि १८९ रनको लक्ष्य दिएको थियो । नेपाल ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटियो ।
नेपालका लागि देव खनालले सर्वाधिक २६ रनको योगदान दिए भने पवन सर्राफले १४ रन जोडे । यसैगरी विनोद भण्डारी, बसिर अहमेद र आदील आलमले समान १३ रन जोडे । कप्तान सन्दीप लामिछानेले ११, रोहित पौडेलले ६, करण केसीले ५ तथा कुशल भुर्तेलले १ रन जाडे भने दपेन्द्रसिंह ऐरी र आरिफ शेख खाता नखोल्दै पभेलियन फर्किए ।
बलिङतर्फ क्यानडाका अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर १८८ रनको योगफल बनाएको थियो ।
क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय पारी खेले भने आरोन जोनसनले ४४ तथा अमर खालीदले अविजित ३० रन बनाए । यसैगरी उदयवीर सिंहले १६ तथा अखिल कुमारले १२ रन जोडे ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा बसिर अहमद, किशोर महतो, करण केसी र आदील आलमले समान १÷१ विकेट लिए ।
नेपाल दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा गएको हो । क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको थियो ।
आइसिसी विश्वकप लिग दुईअन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नुअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । अब नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपालले स्कटल्याण्डमा लिग दुईअन्तर्गत आयोजक स्कटल्याण्ड र नामिबियासँग खेल्नेछ ।
















न्याय माग्दै पीडितहरु महिला आयोगमा
‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
अर्थविद् केशव आचार्यको निधन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया