किङ्ग लङ्गका विद्युतीय माईक्रो बस नेपाली बजारमा

काठमाडौं । जाईमेन किङ्ग लङ्ग युनाईटेड अटोमोटीभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी साधनको नेपाली बजारमा विक्री वितरणको शुरू भएको छ । नेपाली बजारमा ईको भिजनरी प्रालिले किङ्ग लङ्गलाई भित्र्याएको हो ।
नेपालका लागि एकमात्र आधिकारीक विक्रेताको रुपमा विद्युतीय सवारी साधनको विकास, विस्तार र शोध तथा अनुसन्धानमा दुई दशक यता सक्रिय रहँदै आएको श्री ईको भिजनरीले किङ्ग लङ्गको विद्युतीय माईक्रो बस किङ्गविन एक्सएमक्यु६५२०ईभी नेपाली बजारमा भित्र्याएको हो ।
१४ सिट क्षमताको यो माईक्रोबस हेर्दा जति आकर्षक छ, डिजाईन र फङ्गसनालिटीका दृटिकोणले उत्तिकै बेजोड रहेको छ ।
अर्वन ट्रान्सपोर्टेसन तथा इन्टर सिटी ट्रान्सपोर्टेसनका लागि किङ्गविन नेपाली आवश्यकतामा निक्कै उपयोगी हुने देखिन्छ ।
१ सय किलोमिटर प्रतिधण्टाको उच्चतम र तार लिन सक्ने यो माईक्रो बसमा ५० किलोवाट आवरको ब्याट्री जडान गरिएको छ भने यसमा जडान गरिएको ८० किलोवाटको मोटरले २८० न्युटनमिटर टर्क उत्पादन गर्छ ।
एक पटकको फुल चार्जमा २५० किलोमिटर चलाउन सकिने यो माईक्रो बस फाष्ट चार्जिङ्गका माध्यमबाट एक घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
आजको इन्धन मूल्यमा साधारण १४ सिटे ग्यासोलिन इन्जिन भएको माईक्रोबसको प्रति किलोमिटर लागत २५ रुपैंया पर्ने अवस्थाको विपरीत यस विद्युतीय
माईक्रोबसको प्रतिकिलोमिटर लागत पच्चिस पैसाको हाराहारीमा मात्र पर्न आउने कम्पनीको दाबी छ ।
चिटिक्क परेको डिजाईन, लोडेड फिचरहरु, प्रतिस्पर्धी मूल्य, बलियो र टिकाउ, किफायती संचालन खर्च, प्रदुषण नियन्त्रणमा सहयोगी आदि विशेषताले सुसज्जित यो र यस्ता विद्युतीय माईक्रोबसको प्रयोगले देशको आर्थिक तथा पर्यावरणीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई नेपाली
बजारमा भित्र्याईएको श्री ईको भिजनरी प्रा। लि। का अध्यक्ष उमेश श्रेष्ठले बताए ।















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया