सशस्त्र प्रहरीमा इन्स्पेक्टरको बढुवाका लागि ७ दिनभित्र आवेदन दिन आह्वान
मेरोन्यूज
२०७९ असार २३ गते १३:०८

काठमाडौं । सशस्त्र प्रहरीमा प्राविधिक समूह, स्वास्थ्यतर्फका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको स्वास्थ्यतर्फको इन्स्पेक्टर पदमा बढुवा प्रक्रिया शुरु गरेको हो ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विदुर खड्काले सशस्त्र प्रहरी बलमा प्राविधिक समूह, स्वास्थ्यतर्फको रिक्त इन्स्पेक्टर पदमा बढुवाका लागि बुधबार साँझ सूचना प्रकाशित गरेका छन् ।
डीआईजी खड्काले जारी गरेको सूचनामा प्राविधिक समूह, स्वास्थ्यतर्फका प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षकहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि ७ दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।
डीआईजी खड्का बढुवा समितिका सदस्य सचिव हुन् ।

सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया