धेरै बच्चा जन्माउनेलाई चीन सरकारको प्रोत्साहन

काठमाडौँ । राष्ट्रको जनसंख्या बढाउन र देशको श्रम शक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलालाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ ।
देशमा गम्भीर जनसांख्यिक संकट उत्पन्न हुन नदिन सरकारले विवाहित दम्पतिलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराएको हो ।
गत वर्षको अन्त्यमा चिनियाँ मुख्य भूमिको जनसंख्या एक अर्ब ४० करोड १३ रहेको र नवजात शिशुको संख्या एक करोड ६२ लाखमा झरेको ग्लोबल टाइम्सले जनाएको छ । नवजात शिशु र काल गतिले मर्ने चिनियाँ नागरिकको संख्या हाराहारीमा रहेको उक्त पत्रिकाले छापेको छ ।
दशकौंसम्म चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो एक बच्चा नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको तथा महिला अधिकारको दमनले जन्म नियन्त्रण गर्न बाध्य दम्पतिले अब तीन वटासम्म सन्तान जन्माउन पाउने भएका छन् । तर, विवाहित जोडी नयाँ सुविधा र प्रोत्साहन भत्ताप्रति खासै आकर्षित भएका छैनन् । एक महिला उक्त सुविधाबाट वञ्चित छन् ।
चिनियाँ महिलाको बढ्दो शैक्षिक र आर्थिक विकासले उनीहरूको विवाह गर्ने प्रवृत्ति पुरुषको तुलनामा कम छ । गत वर्ष, बेइजिङले नयाँ जनसंख्या र परिवार योजना कानून जारी गरेको थियो । जसले चिनियाँ दम्पतीलाई तीन वटा बच्चा जन्माउन अनुमति दिए पनि भरणपोषणलगायत अभिभावकीय जिम्मेवारी बहनका निम्ति बढ्दो लागतका कारण थप बच्चा जन्माउने चाहना उनीमा नरहेको बताइएको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया