यसकारण सर्टलेस हुन्छन् सलमान

मुम्बई । सलमान खान बलिउडको चिरपरिचित नाम हो । उनले आफ्नो फिल्मी यात्रामा कैयौँ सुपरहिट फिल्म दिएका छन् । यही कारण भाइजानको नामले सलमान भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छन् । सलमान प्रायः कुनै न कुनै कारणले चर्चामा आइरहन्छन् । सलमान व्यक्तित्व र उनको शरीरका कारण पनि लोकप्रिय छन् । उनी आफ्नो हरेक फिल्ममा सर्टलेस भएर आफ्नो खँदिलो शरीरलाई देखाउने गर्छन् । तर उनी किन यसो गर्छन्, त्यो कमैलाई थाहा छ ।
सलमानले पहिलोपटक फिल्म ‘प्यार किया तो डरना क्या’को एक गीतमा सर्ट खोलेका थिए । त्यसपछि उनको यो क्रम अन्य फिल्ममा जारी रह्यो । केही समयअघि दुबईमा सम्पन्न आइफा अवार्डमा रितेश देशमुख र मनीष पलले सलमानसँग सम्बन्धित प्रश्न सोधेका थिए । उनलाई मनीषले सलमानलाई सर्टलेसन हुने कारण सोधका थिए । उनको उत्तर अभिनेत्री जेनेलिया डिसुजाले दिँदै ‘सर्ट खोल्दा सलमान कुल देखिन्छन्’ भनी जवाफ दिएकी थिइन् ।
सलमानले जेनेलियाको उत्तरलाई गलत बताउँदै आफैंले त्यसको जवाफ दिएका थिए । उनले मनीषलाई ‘मनीष तिमीसँग एक महंगो र शानदार गाडी छ भने के तिमी त्यसलाई सधैं छोपेर राख्छौ रु’ भनी सोधेका थिए । यसको जवाफमा आफूले त्यसो नगरी गाडीलाई सार्वजनिक रुपमै देखाउने बताएका थिए ।
सलमानले पनि जसरी मानिसहरु आफ्नो गाडीलाई देखाउँछन्, त्यसैगरी आफूले पनि फिट शरीरलाई देखाउनका लागि सर्टलेस हुनुपरेको जवाफ दिएका थिए ।
















अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रतिक्रिया