झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार २६ गते १२:५८

झापा । झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानबारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका–५ का अन्दाजी २५ वर्षीय कुमार खनाल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
आज बिहान ६ बजे विर्तामोड–शनिश्चरे सडकखण्ड अन्तर्गत कप्तानबारी चोकमा खनालले चलाएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ फिट तल खसेको थियो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएको छ ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया