प्रहरीको हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ
मेरोन्यूज
२०७९ असार २७ गते १९:२१
काठमाडौँ । नेपाल प्रहरीले रवीन्द्रकुमार मल्लको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विसं २०६४ कात्तिक १९ गते काठमाडौँ महानगर २६ गोँगबु मित्रनगरस्थित सडकमा कुटपिट गरी हत्या गर्ने कार्यमा संलग्न पोखरा महानगर १४ मझेरीपाटनका ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले १० वर्ष कैद सजाय फैसला गरेका मिजारलाई पोखरा महानगर ३० पावर हाउसबाट पक्राउ गरिएको जानकारी दिए । उच्च अदालत पाटनले पक्राउ मिजारलाई विसं २०६७ असोज १८ गते १० वर्ष कैद हुने फैसला गरेको थियो ।
पक्राउ मिजारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको प्रवक्ता महतोले बताए ।
सम्बन्धित
















इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
प्रतिक्रिया