इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् ।
रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता किराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण फैलिने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित अस्पताल आउन थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ ।” पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता सङ्क्रमित फेला पर्न थालेका हुन् ।
सङ्क्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गर्नुभयो । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने उनीहरुको सुझाव छ । –––











गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना भारतीय नागरिक पक्राउ
सञ्चारमन्त्री खरेल पोखरामा
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित
एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया