इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबका बिरामी धमाधम फेला पर्न थालेका हुन् ।
रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता किराका मलमूत्रले समेत मानिसमा सङ्क्रमण फैलिने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति विमल बरालले धमाधम ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित अस्पताल आउन थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “किराको टोकाइबाट सुरक्षित रहन विशेषगरी राति सुत्दा झुल प्रयोग गर्नुपर्छ ।” पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता सङ्क्रमित फेला पर्न थालेका हुन् ।
सङ्क्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गर्नुभयो । यसबाट विशेषगरी बालबालिका र वृद्धवृद्धालाई जोगाउनु पर्ने उनीहरुको सुझाव छ । –––
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया