श्रीलंकामा प्रदर्शनकारीबीच एकआपसमा झडप, १० जना घाइते

काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोको टेम्पल ट्रीमा मंगलबार झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।
घाइते हुने नौ पुरुष र एक महिलालाई उपचारका लागि भर्ना गरिएको छ । तीमध्ये ६ जनालाई कोलम्बो नेसनल अस्पताल मा भर्ना गरिएकोडेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । दुई जना घाइते बने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको छ । पछिल्ला केही हप्तामा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै भिडन्त भएका समाचार सार्वजनिक भएका छन् ।
शनिबार हजारौँ मानिस विरोध प्रदर्शन गर्दै फोर्टस्थित राष्ट्रपति भवनमा प्रवेश गरेका थिए । यसअघि शनिबार सभामुख महिन्दा यापा आबेवर्देनाले पत्रकार सम्मेलनमा राष्ट्रपतिले जुलाई १३ मा आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि विरोध प्रदर्शनका बीच आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले आफूहरु नआएसम्म घर कब्जा गरिरहने स्पष्ट पारेका छन् ।
श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालय अर्को सूचना नभएसम्म बन्द छन् ।
घरेलु कृषि उत्पादनमा कमी, विदेशी मुद्रा सञ्चितिको कमी र स्थानीय मुद्राको अवमूल्यनले अभाव बढाएको छ । विनिमय सञ्चिति र स्थानीय मुद्राको अवमूल्यनले यो अभाव बढाएको हो ।










एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
लगातार तेस्रोपटक एमाले अध्यक्ष बनेका केपी ओलीको यस्तो छ राजनीतिक यात्रा
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
प्रतिक्रिया