दुर्लभ रक्त समूहः भारतको पहिलो र विश्वकै दशौं व्यक्ति गुजरातमा भेटिए

नयाँ दिल्ली । ३० अभारतको पश्चिमी राज्य गुजरातमा एक ६५ वर्षीय व्यक्तिको दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लागेको छ । यो समूहलाई अन्य रक्त समूह ए, बी, ओ, वा एबीमा वर्गीकृत गर्न सकिँदैन । ती व्यक्ती हृदय रोगबाट पीडित छन् ।
मानव शरीरमा ए, बी, ओ, आरएच, र डफी सहित ४२ विभिन्न प्रकारका रक्त प्रणालीहरू छन्। सामान्यतया, त्यहाँ चार फरक रक्त समूह प्रकार छन् । ईएमएम विभिन्न प्रकारका ३७५ एन्टिजनहरूमा पनि उच्च मात्रामा उपस्थित हुन्छ ।
विश्वमा अहिलेसम्म ९ जनामा मात्रै दुर्लभ रगतको समूह छ । यी अत्यन्त दुर्लभ रगत समूह भएका मानिसहरूले अरूबाट रगत दान र प्राप्त गर्न सक्दैनन् । पछिल्लो पटक गुजरातको राजकोटका ६५ वर्षीय पुरुषमा पनि यस्तो दुर्लभ देखिएको छ ।
सुरतको समर्पण रक्तदान केन्द्रका चिकित्सक सन्मुख जोशीका अनुसार हृदयघातपछि अहमदाबादमा उपचार गरिरहेका ती बृद्धलाई मुटुको शल्यक्रियाका लागि रगत आवश्यक थियो ।
तर, अहमदाबादको प्रथमा प्रयोगशालामा उनको रगतको समूह पहिचान गर्न नसकेपछि सुरत रक्तदान केन्द्रमा नमूनाहरू मात्र पठाइएको थियो ।
पछि ती वृद्धको रक्त समूह भारतमा पहिलो र विश्वको दशौं घटना भएको पत्ता लाग्यो । इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन ९आइएसबीटी० ले यसलाई ईएमएमः नेगेटिभ भनेर तोकेको छ किनभने रगतमा ईएमएम छैन ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया