श्रीलंकाका राष्ट्रपति सिंगापुर पुगे

काठमाडौँ । सिंगापुर सरकारले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुर पुगेका विषयमा स्पष्टीकरण दिएको छ ।
मिडियाका प्रश्नहरुको जवाफ दिँदै सिंगापुरमा विदेश मन्त्रालयका प्रवक्ताले राजपक्षे निजी यात्राका लागि सिंगापुर पुगेको बताए । उनले भने, ‘श्रीलंकाका राष्ट्रपति राजपक्षे निजी भ्रमणका लागि सिंगापुर आउने अनुमति दिइएको हो ।’
उनले राजनीतिक शरण मागेका छैनन् । कसैलाई राजनीतिक शरण दिइएको छैन । सिंगापुर सामान्य रूपमा राजनीतिक शरण दिने निवेदनलाई स्वीकार गर्दैन ।
श्रीलंकामा जारी अस्थिरताका बीच एक दिन पहिला राष्ट्रपति गोटाबाया राजपक्षे माल्दिभ्स पुगेका थिए । उनले अहिलेसम्म राजीनामा दिएका छैनन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमसिंघे कार्यकारी राष्ट्रपति बनेका छन् ।
श्रीलंकामा प्रदर्शनकारी गोटाबाया राजपक्षे र विक्रमसिंघे दुवैको राजीनामा मागिरहेका छन् ।









बढ्यो अमेरिकी डलरको मूल्य, आजकाे भाउ कति ?
एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया