राष्ट्रिय अनुसन्धान विभागको एआइजीमा कुलदीप थापा नियुक्त
मेरोन्यूज
२०७९ असार ३१ गते १४:२९

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको एआईजी सरहको एक मात्र अतिरिक्त अनुसन्धान निर्देशक पदमा कुलदीप थापालाई बढुवा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले यही साउन पहिलो साता अनिवार्य अवकाशमा जान लागेका थापालाई फुली थप्ने निर्णय गरेको बताईएको छ ।
वैशाख ९ मा विभागका अतिरिक्त अनुसन्धान निर्देशक यादव रेग्मी अवकाशमा गएसँगै रिक्त छ पदका लागि २०७४ भदौ १४ मा डिआइजी भएका ४ अधिकृतहरू हुत राज थापा, कुल दीप थापा, हरिहर पौडेल र होम जोशी प्रतिस्पर्धामा रहेका थिए ।
त्यस्तै प्रतिसपर्धाको दोस्रो लाईनमा त्यसपछि बढुवा भएका ४ जना टेकेन्द्र कार्की, प्रकाश पाण्डे, सुमन वैद्य र मधु कार्कीसमेत थिए । तर सबैलाई पन्छाएर सरकारले कुलदीप थापालाई नियुक्त गरेको हो ।
सम्बन्धित


















एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया