श्रीलंकाका कार्यवाहक राष्ट्रपतिले तत्काल खाना, इन्धन राहत कार्यक्रम लागू गर्ने
मेरोन्यूज
२०७९ साउन १ गते ७:१२

कोलम्बो । श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले आर्थिक संकटका कारण संघर्ष गरिरहेका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।
शनिवार मन्त्री तथा सांसदहरुसँगको छलफलपछि विक्रमासिंघेले यस्तो निर्णय लिएका हुन् । यसका लागि यही अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय गरिएको हो ।
कार्यवाहक राष्ट्रपतिले खाद्य सुरक्षा कार्यक्रमको कार्यान्वयनलाई तीव्रता दिन सुझाव दिएका छन् । त्यस्तै, इन्धन र मल नियमित र छिटो उपलब्ध गराउन सुझाव दिइएको छ ।
छलफलका क्रममा विक्रमासिंघेले शान्तिपूर्ण आन्दोलनकारीले हस्तान्तरण गरेको योजनालाई सकरात्मक रूपमा लिइएको बताए ।
सम्बन्धित
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया