आइतबार, माघ ४, २०८२

नेपाल बैंकको एक्सटेन्सन काउण्टर नेपाली सेनाको जङ्गी अड्डामा

मेरोन्यूज २०७९ साउन १ गते १९:३४

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकालीमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारी र नेपाली सेनाका बिग्रेडियर जनरल विजय थापाले संयुक्त रुपमा उक्त काउण्टरको उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम एवं नेपाली सेनाका उच्च अधिकृतको सहभागिता थियो ।

नेपालभर २१९ शाखा, १८२ एटीएमका साथै ४७ वटा एक्सटेन्सन काउण्टरमार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया