बेनसँग जेनिफरले कसिन लगनगाँठो

काठमाडौं / हलिउड अभिनेत्री जेनिफरले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन् । अभिनेत्रीले आफ्नो वेभसाइटमार्फत आफूहरुले विवाह गरेको जानकारी दिएकी हुन् ।
‘हामीले यो गर्यौ । प्रेम सुन्दर छ । र यो बाहिर जान्छ कि प्रेम धैर्य हो । बीस वर्षको धैर्य’, उनले लेखेकी छन् । यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए ।
गत वर्ष यो जोडीले सामाजिक सञ्जालमा आफ्नो प्रेम पुनः सुरु भएको जनाउ दिएका थिए । नेभाडामा भएको द क्लार्ट कन्टी क्लेकको कार्यालयमा राखिएको रेकर्ड प्रणाली अनुसार अब जेनिफरले आफ्नो नाम जेनिफर एफलेक लेख्नेछिन् ।
जेनिफरका अनुसार जोडी गत शनिबार लसभेगास पुगेर उनीहरुले विवाहको अनुमति पत्र लिएका थिए । जहाँ अन्यन चार जोडी पनि अनुमति पत्र लिन पुगेको हो ।
सन् २००२ मा फिल्म ‘गिग्ली’को सेटमा यो जोडीको भेट भएको थियो । त्यसपछि सन् २००३ मा उनीहरु इन्गेज्ड भए । लगत्तै उनीहरुले मिडियाले आफूहरुलाई बढी ध्यान दिएको कारण देखाउदै उनीहरु अलग्गिने निर्णय गरेका थिए ।
यो अवधिमा लोपेज धेरैपटक इन्गेज्ड भइन् । उनले गायक मार्क एन्थोनीसँगै विवाह गरेकी थिइन् । एफलेकसँग उनको यो चौथो विवाह हो ।









सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एनपिएल क्रिकेट महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया