बेनसँग जेनिफरले कसिन लगनगाँठो

काठमाडौं / हलिउड अभिनेत्री जेनिफरले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन् । अभिनेत्रीले आफ्नो वेभसाइटमार्फत आफूहरुले विवाह गरेको जानकारी दिएकी हुन् ।
‘हामीले यो गर्यौ । प्रेम सुन्दर छ । र यो बाहिर जान्छ कि प्रेम धैर्य हो । बीस वर्षको धैर्य’, उनले लेखेकी छन् । यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए ।
गत वर्ष यो जोडीले सामाजिक सञ्जालमा आफ्नो प्रेम पुनः सुरु भएको जनाउ दिएका थिए । नेभाडामा भएको द क्लार्ट कन्टी क्लेकको कार्यालयमा राखिएको रेकर्ड प्रणाली अनुसार अब जेनिफरले आफ्नो नाम जेनिफर एफलेक लेख्नेछिन् ।
जेनिफरका अनुसार जोडी गत शनिबार लसभेगास पुगेर उनीहरुले विवाहको अनुमति पत्र लिएका थिए । जहाँ अन्यन चार जोडी पनि अनुमति पत्र लिन पुगेको हो ।
सन् २००२ मा फिल्म ‘गिग्ली’को सेटमा यो जोडीको भेट भएको थियो । त्यसपछि सन् २००३ मा उनीहरु इन्गेज्ड भए । लगत्तै उनीहरुले मिडियाले आफूहरुलाई बढी ध्यान दिएको कारण देखाउदै उनीहरु अलग्गिने निर्णय गरेका थिए ।
यो अवधिमा लोपेज धेरैपटक इन्गेज्ड भइन् । उनले गायक मार्क एन्थोनीसँगै विवाह गरेकी थिइन् । एफलेकसँग उनको यो चौथो विवाह हो ।
















डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया