३ घण्टा बयान दिएर निस्केका जनार्दन भन्छन् : सबै प्रश्नको जवाफ दिएँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको बताएका छन् ।
बिहीबार समितिले आर्थिक वर्ष २०७९र०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे सोधका सबै प्रश्नको आफूले जवाफ दिएको बताए ।
उनले आफूले समितिले सोधका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड समितिले नै गर्ने बताए । समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपबारे आज बिहान ३ घण्टासम्म सोधपुछ गरेको थियो । तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा यसबारे सोधपुछ भएको छ ।
समितिको बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएर छलफलमा भाग लिएका थिए । तत्कालीन अर्थमन्त्री शर्मालाई २०७९र०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।
समितिले बुधबारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया