भारतीय कन्टेनरको ठक्करबाट मोरङमा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन ६ गते ११:३६

विराटनगर । मोरङमा भारतीय कन्टेनरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बूढीगङ्गा गाउँपालिका–२ गङ्गा चोकमा भारतीय नम्बर प्लेटको कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान दुई जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मत्यु हुनेमा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का अन्दाजी २७ वर्षीय हर्क परियार र पछाडि सवार २१ वर्षीय भीमबहादुर राई छन् ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एचआर ३८ एक्स २२१० नम्बरको खाली कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको को ३० प ९१०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
प्रहरीले कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया