तालिबान क्रुरताको पराकाष्ठा : गोली हानी युवकको हत्या, सार्वजनिक रूपमा शव प्रदर्शन

तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिक रूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन् ।
तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एक जना बासिन्दालाई गत बुधबार घरबाहिर निस्कन बाध्य पारेको र त्यसपछि उनको हत्या गरेर शव सार्वजनिक प्रदर्शनमा राखेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
तालिवानको स्वेच्छाचारी हत्या बढिरहेको तथा बितेका दश महिनामा कैयौँ पूर्व सुरक्षा बल र कर्मचारीलाई मारिएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेको दश महिनामा मानव अधिकारको अवस्थामा सुधार हुन सकेको छैन ।
डर, दण्डहीनता, शक्तिको स्वेच्छाचारी बल प्रयोगको वातावरणको अन्त्य, उजुरी दर्ता गर्न र शक्ति दुरुपयोगको दस्तावेजीकरण गर्न अति कठिन एवम् जोखिमपूर्ण भएको राष्ट्र संघीय मिसनले बताएको छ ।
अफगानिस्तानको अन्तर्राष्ट्रिय दायित्व अनुरूप मानव अधिकार उल्लंघनलाई रोक्न र जवाफदेहिता सुनिश्चित गर्न राष्ट्र संघीय सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय फौजदारी अदालतले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्र संघीय मिसनले जनाएको छ ।









एमाले महाधिवेशन : ओलीको अग्रता कायम
एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
प्रतिक्रिया