शनिबार, फागुन ३०, २०८२

सिप्रदी-लोकोन्याभ बजारमा

मेरोन्यूज २०७९ साउन ८ गते १७:५८


नेपालको अटोमोबाइल उद्योगको अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो जसले गाडीहरुलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्याउछ । गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त छ ।

Advertisement
nepal life insurencenepal life insurence

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको वृहत हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आपूmलाई सशक्त ढंगले अगाडि बढाईरहेको छ ।

यसै परिप्रेक्षमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ,” सिप्रदी टे«डिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ भने “यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको छ ।”
यसैगरी हामी केही दिनमा नै छैठौं वर्षमा प्रवेश गर्दैछौं र यसलाई हाम्रो नेपालस्थित सिप्रदीसँगको बलियो सहकार्यले अझ विशेष बनाउँदैछ । हामी नेपाल जस्तो आर्थिक रुपमा उदियमान बजारमा उत्कृष्ट भन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्ने उनले बताए ।
लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो जुन विश्वका उदियमान एवं गतिशील बजारहरुका चालक एवं गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने तर्फ केन्द्रित छ ।
विश्वका ५० भन्दा बढी मुलुकहरुमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी संचालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । नविन प्रविधिहरुको प्रयोगमा बनेको यस प्लेटफर्मले गाडीधनी र चालकहरुलाई कम भन्दा कम खर्चमा उच्च कार्यक्षमता हासिल गर्न सहयोग गर्दछ ।

प्रतिक्रिया