फ्रान्सलाई भिएनएलको उपाधि

काठमाडौं । फ्रान्सले भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । इटालीमा सोमबार सम्पन्न फाइनलमा साविक ओलम्पिक च्याम्पियन फ्रान्सले अमेरिकालाई ३-२ को सेटमा हराउँदै पहिलोपटक भिएनएलको उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले अमेरिकालाई २५–१६ २५–१९ १५–२५ २१–२५ १५–१० को सेटमा हरायो ।
यसैगरी आइतबार तेस्रो स्थानका लागि भएको खेलमा ओयाजक इटालीलाई २५–१६ २५–२३ २५–२० को सोझो सेटमा हराउँदै विश्व च्याम्पियन पोल्यान्डले कास्य पदक जित्यो ।
टोकियो ओलम्पिकमा ‘मोस्ट भ्यालुएबल प्लेअर’ को अवार्ड पाएका एर्भिन भिएनएलको पनि एमभिपी नै घोषित भए ।
३१ वर्षीय एर्भिनले यसअघि एफआइभिबी भलिबल वल्र्ड लिगको सन् २०१५ र २०१७ मा पनि यही अवार्ड जितेका थिए ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट सेटर अमेरिकाका मीका क्रिस्टनसन, ओपोजिट फ्रान्सका जीन पेट्री, वाउट साइड हिटर फ्रान्सका ट्रेभर क्लेभेनोट र इर्भिन, मिडल ब्लकर पोल्यान्डका डेभिड स्मिथ र म्याथेयज बाइनिक तथा लिब्रो फ्रान्सका जेनिया ग्रेबेनिकोभ घोषित भए ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया