आइतबार, पुष १३, २०८२

कोरोनाबाट दुई जनाको मृत्यु, ६३८ जनामा संक्रमण पुष्टि

मेरोन्यूज २०७९ साउन १० गते १६:०९

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा दुई जनाको मृत्यु भएको छ ।

योसँगै सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ । यस्तै, आज २१८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आज देशभर कूल पाँच हजार ५५ जनामा कोरोना परीक्षण भएको थियो ।

प्रतिक्रिया