स्थानीय तहको निर्वाचनमा एक मतको खर्च २८४ रुपैयाँ

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एउटा मतका लागि २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ ।
चुनावमा निर्वाचन आयोगले गरेको खर्चलाई मतदाताको संख्याले भाग गर्दा एउटा मतको मूल्य २८४ हुन पुगेको हो । यसबाहेक निर्वाचनमा सुरक्षा तथा राजनीतिक दल र उम्मेदवारले गरेको खर्च जोडिएको छैन ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०६४ सालयताकै सबैभन्दा कम खर्चिलो निर्वाचन भएको बताए । उनले गत वैशाखमा सम्पन्न निर्वाचन अघिल्लो निर्वाचनको तुलनामा करिब दुई अर्ब कम खर्च भएको दाबी गरे ।
स्थानीय तहको निर्वाचनमा आयोगले कूल पाँच अर्ब चार करोड रुपैयाँ खर्च गरेको थियो । चुनावमा एक करोड ७७ लाख मतदातामध्ये एक करोड २५ लाखले मात्र मतदान गरेका थिए ।
निर्वाचन केन्द्रका हिसाबले प्रति मतदान केन्द्रमा दुई लाख २९ हजार रुपैयाँ खर्च भएको आयोजले जनाएको छ ।
















स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया