टाइगर र दिशाको ब्रेकअप

काठमाडौं । बलिउड फिल्म उद्योगमा कैयौं सेलिब्रेटीको अफेयरको खबर भाइरल भइरहन्छ । यीमध्ये कैयौं स्टार विवाहको बाटोसम्म पुग्छ भने कैयौंको बीचमा नै ब्रेकअप हुने गरेको छ ।
झण्डै ६ वर्षसम्म डेट गरेका अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको जोडीको ब्रेकअप भएको छ । जोडीको के कारणले ब्रेकअप भयो भन्ने केही कारण खुलेको छैन ।
तर यो जोडीको सम्बन्ध केही समययता ठीकसँग नचलिरहेको उनीहरु निकट स्रोतले जानकारी दिएको छ । जोडीमा केही असमझदारी भएपछि एकापसको सहमतिमा सम्बन्धबाट बाहिरिने निर्णय लिएका छन् ।
टाइगरका एक साथीले पनि उनीहरुको प्रेम सम्बन्ध पहिलाको जस्तो नरहेको खुलासा गरेका छन् । दुवैको ब्रेकअप भएपछि उनीहरु आ–आफ्नो काममा केन्द्रीत रहेको उनको दाबी छ ।
ब्रेकअपका विषयमा टाइगर र दिशाले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । ब्रेकअप अघि टाइगर र दिशा विभिन्न स्थानमा घुमिरहेको अवस्थामा भेटिन्थे ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया