भन्सार छलेका सामग्रीबाट पाँच करोड राजस्व असुल

कावासोती । भन्सार छलेर ल्याइएका सामग्री बरामदबाट रु पाँच करोड ३६ लाख राजस्व असुल गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमार्फत गत आर्थिक वर्षमा भन्सार छलेर ल्याइएका सामग्री बरामद गरी सो राजस्व असुल गरेको हो । नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार गत आवमा भन्सार छलेर ल्याइएका सामग्री भन्सार चलानमार्फत उक्त राजस्व सङ्कलन भएको हो । प्रहरीले भन्सार छलेर ल्याएका सामग्री नियन्त्रणपछि थप कारबाहीका लागि भन्सार चलान गरेको छ । बरामद गरिएका सामग्री सबैजसो पश्चिम नवलपरासी र रुपन्देहीका विभिन्न नाकाबाट भन्सार छलेर ल्याउने गरेको पाइएको प्रहरी उपरीक्षक महर्जनले बताउनुभयो । नवलपुरमा एकमात्रै त्रिवेणी नाका छ । अन्य जिल्लाका नाकाबाट भित्रिएका सामग्रीसमेत बरामद गरिएको हो ।
प्रहरीलेको गस्तीका क्रममा भन्सार नतिरी नेपाल भित्र्याइएका ५९५ थान मोबाइल, कपडा, पाटपुर्जा, किरानाका सामान, युरिया मल, चिनी, भाँडावर्तनलगायतका सामग्री बरामद गरी भन्सार चलान गरी राजस्व असुल गरेको हो । प्रहरीले नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ४४४ साधनका चालकलाई कारबाही गरेको छ । जरिवानावापत रु ७९ लाख राजस्व असुल गरिएको महर्जनले बताए । रासस














‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया