दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या

दाङ । दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिएका छन् । मङ्गलबारदेखि शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
यसैगरी तुलसीपुरमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविमा दिनहुँ विद्यार्थी बिरामी हुन थालेका छन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार दैनिक १० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोबाट प्रभावित बन्न थालेका छन् ।
“दैनिक विद्यार्थी भाइरलको सङ्क्रमणले थला पर्ने गरेका छन्”, उनले । ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या देखिन थालेको उहाँले बताउनुभयो । तुलसीपुरस्थित ग्रेट अरनिको माविमा अध्ययनरत विद्यालयका विद्यार्थीहरूमा पनि त्यस्तै समस्या देखिन थालेको छ । स्कुलका प्रिन्सिपल विष्णुकुमार देवकोटाका अनुसार बिरामीकै कारण दैनिक चार–पाँच विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका सिनियर अहेब विष्णु गिरीका अनुसार स्वास्थ्य संस्थामा आउने ५० प्रतिशत बिरामी भाइरल ज्वरोका रहेका छन् । “उपमहानगरपालिका भित्रका हरेक स्वास्थ्य संस्थामा ज्वरोका बिरामी भर्ना हुन थालेका छन्”, उनले भने । बिरामी बढ्न थालेपछि अहिले अभिभावकलाई विद्यार्थीलाई उपचार गराएर मात्र विद्यालय पठाउन आग्रह गरिएको उनले बताए । रासस
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया