भिजिट भिसाको प्रयोग गरेर वैदेशिक रोजगारीमा नजान गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले नेपालीहरूलाई भिजिट भिसा प्रयोग गरी वैदेशिक रोजगारीमा नजान आग्रह गरेको छ । बुधबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकरी दिएको हो ।
पछिल्लो समय नेपाली नागरिकहरू भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हनेलगायत विभिन्न कठिनाइहरू भोगिरहेको समाचार, गुनासा तथा सूचनाहरू आइरहेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो ।
भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएको र सो भिसा प्रयोग गरी विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी विदेश जाँदा काम नपाउने र अलपत्र पर्ने क्रम बढिरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
यसरी गैरकानूनी रूपमा विदेशमा गई समस्यामा परेका नागरिकहरुलाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बिमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउनसमेत सरकारसँग कुनै कानूनी आधार नरहेको र त्यस्ता व्यक्तिहरू झन ठूलो कठिनाइमा पर्ने अवस्था हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

















कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया