बाँकेमा कोरोना संक्रमित बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बाँकेमा खुला सिमानाले कोरोना संक्रमितको संख्या बढदै गएको छ । स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या अहिलेसम्म ५७ पुगेको छ ।
सीमा क्षेत्र जमुनाह र भेरी अस्पतालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । ती बिरामीमा विगतमा जस्तो डरलाग्दो अवस्था नभएको र सामान्य रुघाखोकीको लक्षण मात्रै देखिएकाले आत्तिनु पर्ने अवस्था नभएको उनले बताए ।
भेरी अस्पताल नेपालगञ्जमा १६ जनाको पीसीआर परीक्षण गर्दा दुई र जमुनाहानाकामा एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो । अधिकांशले होम आइसोलेशनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
सोसँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५४ पुगेको उक्त केन्द्रले जनाएको छ । बाँकेमा अहिलेसम्म २० हजार ७४३ कोरोना संक्रमित निको भइसकेका र ३५४ जनाको मृत्यु भएको थियो ।
पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा क्षेत्रमा आवतजावतमा कडाइ गर्नाका साथै स्वास्थ्य मापदण्ड पालना गर्नसमेत आग्रह गरिएको छ ।
















Protected: यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
प्रतिक्रिया