अभिनेत्री मिरुना गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौँ । अभिनेत्री मिरुना मगरविरुद्ध बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले मुद्दा दायर गरेका छन् । उनले अभिनेत्री मगरसँगै फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।
तामाङले कानुन बमोजिम सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । आफूविरुद्ध गलत बोल्दै आएको भन्दै तामाङले पटकपटक माफी माग्न आग्रह गरेका थिए । मिरुनाले माफी नमागेपछि मुद्दा दर्ता गरेको तामाङले दायर गरेको उजुरीमा उल्लेख गरिएको छ ।
फिल्म प्राविधिक ठकुरीले मिरुनालाई उक्साउने काम गरेको भन्दै उनीविरुद्ध पनि कारवाही माग गरिएको छ ।
गत जेठ १५ गते काठमाडौँको सिभिल मलस्थित एक कफी सपमा कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुर्व्यवहार गरेको भन्दै थप्पड हानेकी थिइन् । मिरुना अहिले लण्डनमा छिन् ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया