मंकीपक्सको परीक्षण नेपालमै हुने
मेरोन्यूज
२०७९ साउन १२ गते १४:५१

काठमाडौं । मंकीपक्स भाइरस भएरनभएको परीक्षण नेपालमा हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मंकीपक्सको परीक्षण हुने भएको हो ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले मंकीपक्स परीक्षण गर्ने २५० वटा किट नेपाललाई दिएको छ ।
‘शंकास्पद रहेकाको परीक्षण गर्छौं । डब्लूएचओको सहयोगमा किट आएको हो,’ प्रयोगशालाकी निर्देशक डा. रुना झाले भनिन् । उनका अनुसार हालसम्म नेपालमा मंकीपक्स पुष्टि भएको छैन ।
छिमेकी देश भारतमा मंकीपक्सका बिरामी भेटिएका छन् । सीमा नाकाबाट नेपाल आउन सक्ने भन्दै सरकारले सतर्कता बढाएको जनाएको छ । मंकीपक्स हेर्न १४ वटा अस्पतालमा फोकल पर्सन तोकिएको छ ।
डब्लूएचओका अनुसार हालसम्म ७७ वटा देशमा मंकीपक्स फैलिएको छ । हालसम्म विश्वभर १६ हजार बढी मानिस संक्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । यो भाइरस बाँदर र मुसाबाट सर्छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया