एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत, प्रशोधन गरी ९३ अर्बभन्दा बढीको निर्यात

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १३ अर्ब ६२ करोड २४ लाख ५५ हजार रुपैयाँको कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात गरेको पाइएको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको तेल आयात गरेको हो ।
सो अवधिमा नेपाललमा विभिन्न देशबाट ७१ करोड ८२ लाख ४३ हजार ८७७ लिटर कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल भित्रिएको विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा ५६ अर्ब १८ करोड ३६ लाख ५५ हजार रुपैयाँको ३३ करोड २९ लाख ८३ हजार ५४६ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।
सोही अवधिमा ३९ अर्ब ३१ करोड ६ लाख ६६ हजार रुपैयाँको २७ करोड ६६ लाख २२ हजार १४१ लिटर कच्चा पाम तेल, १८ अर्ब १० करोड ७६ लाख ३४ हजार रुपैयाँको १० करोड ८५ लाख ३५ हजार ४०९ लिटर कच्चा सनफ्लावर तेल र २ करोड ५ लाखको १ लाख २ हजार ७८१ केजी कच्चा नरिवल तेल नेपालले आयात गरेको छ ।
आर्थिक वर्ष २०७८र७९ मा नै नेपालले प्रशोधन गरीएको ९३ अर्ब ७० करोड ८५ लाख ९० हजार रुपैयाँको भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा नेपालले विभिन्न देशबाट ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको थियो । सो वर्ष नेपालले विभिन्न देशबाट ल्याएको कच्चा भटमास, पाम र सनफ्लावर तेल प्रशोधन गरी भारतमा ५५ अर्ब ९० करोड ३८ लाख १५ हजार रुपैयाँको निर्यात गरेको थियो ।













ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया