ज्यान धम्कीपछि सलमानले किने बुलेट प्रुफ कार
मेरोन्यूज
२०७९ साउन १३ गते १३:५७

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई कैयौंपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए ।
प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो ।
सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गरेका छन् । सलमानले हालै मात्र आफ्नो सुुरक्षाका लागि बुलेट प्रुफ गाडी किनेका छन् । उनले आफू चढ्दै आएको ल्यान्डरोभर गाडीको सा सेतो रंगको बुलेटप्रुफ गाडी किनेका हुन् । उनले हतियारयुक्त सुरक्षाकर्मी पनि सँगै लिएर हिँडने गरेका छन् ।
सम्बन्धित










कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको निधन
झापा कारागारका एक कैदीको मृत्यु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ आज काराेबार ?
धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया