मार्ने धम्कीपछि सलमानले किने बुलेट प्रुफ गाडी
मेरोन्यूज
२०७९ साउन १३ गते १५:०३

काठमाडौँ । बलिउड अभिनेता सलमान खानलाई कैयौँपटक ज्यानको धम्की आइसकेको छ । हालै मात्र सलमानलाई पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या आरोपी ग्याङस्टार लरेन्स विश्नोईले ज्यानको धम्की दिएका थिए ।
प्रहरीले गरेको अनुसन्धानमा लरेन्सले सलमानको हत्याका लागि सुपारीसमेत दिएको खुलेको थियो । सुपारी पाएका सुटर हत्याका लागि मुम्बईसम्म पुगेका थिए । यसपछि मुम्बई प्रहरीले सलमानको सुरक्षा कडा पारेको थियो ।
सलमानले हालैमात्र मुम्बईका पुलिस कमिसनरसँग भेटेर लाइसेन्सवाला हतियार राख्ने विषयमा छलफल गरेका छन् । सलमानले हालै मात्र आफ्नो सुुरक्षाका लागि बुलेट प्रुफ गाडी किनेका छन् ।
उनले आफू चढ्दै आएको ल्यान्डरोभर गाडीको ठाउँमा सेतो रंगको बुलेटप्रुफ गाडी किनेका हुन् । उनले हतियारयुक्त सुरक्षाकर्मी पनि सँगै लिएर हिँड्ने गरेका छन् ।
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया