सिटिजन्स बैंक र श्री तिनाउ इन्टरनेशनल अस्पतालबीच सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित श्री तिनाउ इन्टरनेशनल अस्पताल प्रा.लि.मा सेवा लिँदा विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका कार्डबाहेकले श्री तिनाउ अस्पतालका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने छन् । यसका साथै अस्पतालबाट फिजियकोथेरापीका सेवामा थप आकर्षक प्याकेजको व्यवस्था गरिएको छ ।
यस सुविधाबाट स्थानीय सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ लिन सकिने बैंकले विश्वस लिएको छ । यसले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यसअघि बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुविधा ल्याएको थियो । हाल बैंकले देशैभर आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टी.एम. र ९६ वटा शाखारहित बैंकिङ इकाईबाट सेवा दिँदै आएको छ ।















दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया